हाम्रा सेवाहरू


मानव सेवा आश्रम बालाजू:
असहायः तथा सडकमा खुल्ला आकाशमुनि रात बिताउन बाध्य अनाथहरुलाई मानवीय सेवा तथा सहारा प्रदानगर्दै आइरहेको मानव सेवा आश्रम संस्था अन्तर्गत बालाजूस्थित आश्रमलाई उसले पुर्‍याएको सेवा योगदानको दृष्टिगत गरी सो संस्था मार्फत पुर्‍याइएको सेवामा हाम्रो पनि मानवीय सेवा सहयोगको अंश मिसिएर आवश्यकतामा परेकाहरुमा सानै भएपनि मानवीय सेवा योगदान पुगोस् भनेर ट्रष्टले मितिः २०७९/१०/१२(२०२३/०१/२६) मा, मितिः २०८०/०६/०९(२०२३-०९-२६)मा र मितिः २०८०/१०/१० (२०२४-०१-२४) मा गरी तीन पल्ट आर्थिक सहयोग प्रदान गर्‍यो ।

लाल बहादुर थापामगर:
लाल बहादुर थापामगर पछिल्ला केही वर्षहरु भक्तपुर जिल्लाको मनोहरा खोला किनाराको सुकुम्बासी टोलमा बसोबास गर्नुहुन्थ्यो । झण्डै २० वर्ष पहिेलेसम्म उहाँको पेशा साहुको ट्याक्सी चलाएर परिवार पाल्ने गर्नुहुन्थ्यो । एकदिन उहाँ आफैले चलाएको ट्याक्सी सहित सवारी दूर्घटनामा पर्नुभयो । त्यस दूर्घटनामा परेर उहाँका चारै हातगोडा जीवनभरी काम नलाग्ने अवस्थामा पुग्यो । उहाँका मूत्र प्रणाली नै काम नगर्ने अवस्थामा पुगेकोले बाहिरबाट मेडिकल मूत्रथैली झुण्ड्याएर बस्नुपर्‍यो । त्यतिमात्र नभएर त्यसको पीडाले पटक पटक अस्पताल धाउनुपर्ने, अस्पतालमै भर्ना भई बस्नुपर्ने र अटुट रुपमै औषधि सेवन गरिराख्नुपर्ने कारणले आर्थिक संकटमा हुनुहुन्थ्यो । पूणर् शारीरिक अपांगता हुनुभएकोले असक्त हुनुहुन्थ्यो अनि औषधि सेवन गर्न र व्हीलचियर किन्नको लागि उहाँलाई आर्थिक समस्या थियो ।

यस्तो परिस्थितिमा बेलाबखत अरु केही सहयोगी संस्था र ब्यक्तिबाट यदाकदा सानोतिनो केही मानवीय सहायता पाएहाले पनि अवस्था नाजुकै थियो । मितिः २०७९ चैत्रमा व्हीलचियर खरीद गरेर निजलाई प्रदान गरिएको थियो । निजको अवस्था दयनीय भएकोले निजलाई स्वास्थ्य उपचारमा मितिः २०८० माघ र २०८१ जेष्ठमा गरी दूई पटक यस एवेनेजर ट्रष्टबाट मानवीय रुपमा नगद र्आिर्थक सहायता प्रदान गरियो ।

दुःखको कुरा उपचार हुँदाहुदैमा उहाँ दिवंगत हुनपुग्यो ।

पुतली श्रेष्ठ:
पुतली श्रेष्ठ जिल्ला रामेछाप स्थायी निवासी भई काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नजीक कोठा भाडामा बसोबास गर्नुहुन्छ । गाउँमा आर्थिक स्थिति कमजोर हुँदा जिविकाको लागि श्रम गर्न श्रीमानको साथमा यता आउनुभएको थियो । लामै समयदेखि उहाँलाई मृगौला तथा मूत्रप्रणलीमा गम्भिर अस्वास्थ भएको अवस्था छ । घरीघरी पिसाब नआउने तर रगत बहने र पीडा चर्को हुनेगर्दछ । उपचारको खोजिमा त लागिपर्नुभएको तर उहाँको बिमारकै कारण उहाँको श्रीमान धन कुमारले काम खोजेर गर्न नपाएकाले दिनानुदिन पारिवारको आर्थिक संकट झन्झन् चुलिँदो छ । दैनिकको हातमुख जोर्ने, हर ढाक्ने, सानो बालिकाको स्कूलको खर्च जुटाउन र कोठाभाडा तिर्न ज्यादै समस्याको पहाड खडा भएको छ । आर्थिक रुपमा नाजूक हुनुभएकोले अरु औषधोपचारको लागि त झन् सम्भव नै बाँकी रहेन । वर्षहरु बित्दै गइराखेका छन् समस्या उस्तै छ ।

उहाँको हालअवस्था देखेर सो परिवारलाई सहायता पुग्न सकोस् भन्ने उद्देश्यले ट्रष्टले मितिः २०८० माघमा औषधि सेवन गर्न र खानको लागि मानवीय आर्थिक सहायता प्रदान गर्‍यो ।

यस्तो परिस्थितिमा बेलाबखत अरु केही सहयोगी संस्था र ब्यक्तिबाट यदाकदा सानोतिनो केही मानवीय सहायता पाएहाले पनि अवस्था नाजुकै थियो । मितिः २०७९ चैत्रमा व्हीलचियर खरीद गरेर निजलाई प्रदान गरिएको थियो । निजको अवस्था दयनीय भएकोले निजलाई स्वास्थ्य उपचारमा मितिः २०८० माघ र २०८१ जेष्ठमा गरी दूई पटक यस एवेनेजर ट्रष्टबाट मानवीय रुपमा नगद र्आिर्थक सहायता प्रदान गरियो ।

सृजना आलेमगर:
सृजना आलेमगर जिल्ला धादिङ, महादेवबेसी स्थायी बसोबास गर्ने महिला हुनुहुन्छ जसलाई उच्च रक्तचापको कारण उहाँको मस्तिष्कघात हुनगई पुरा शरीर पक्षघातको अवस्थामा पुग्नुभएकोले उपचारको क्रममा लाग्दालाग्दै उहाँको परिवार आर्थिक संकटको स्थितिबाट गुज्रनुपर्‍यो । लामो समयदेखि सो समस्याले पीडित उहाँलाई मानवीय रुपमा सहायता गर्न आवश्यक देखिएकोले औषधि सेवनको लागि राहात पुर्‍याउन सकियोस् भनेर निजलाई एवेनेजर ट्रष्टले मानवीय रुपमा मितिः २०८० असोज र २०८० माघमा गरी दूई पटक आर्थिक सहायता गर्‍यो । निजको स्वास्थ्य स्थितिमा कुनै सुधार नभई झन् विग्रँदै गएर अब बेहोसको अवस्थामा पुग्नुभएको छ । उहाँको श्रीमानलाई पनि त्यही समस्या भएको अवगत भएको छ ।

काईली तामाङ:
मकवानपुर जिल्लाको टिस्टुङ भञ्ज्याङ स्थित स्थायी बसोबास ठेगाना भएकी काईली तामाङ टिष्टुङको चिसो हावापानीमा अलि अलि कोदोमकैको उब्जाउ र खासगरी केही बाख्रापालन गरी गुजारा चल्थ्यो उहाँको परिवारको । उहाँको एकजना अपाङ्ग छोराको हेरचाह र स्याहारसुसार गर्नमै हैरान हुनुहुन्थ्यो । छोराको स्याहारसुसार गर्दैरहँदा पछि उहाँ आफै अस्वस्थ बन्नुभयो । फोक्सोको क्यान्सर र मूत्रप्रणलीमा हुनगएको जटिल अवस्थाले गर्दा पटक पटक स्वास्थ्योपचारको शिलशिलामा राजधानी काठमाण्डौंको अस्पतालमा धाइरहनुपर्ने भयो । बेला बेलामा अस्पतालमै भर्ना भई लामै समयसम्म उपचाररत रुपमा बिताउनुपर्ने भयो । खर्चको अभाव हुनथाल्यो । आर्थिक स्थिति कमजोर भएकोले उहाँलाई आर्थिक सहायताको खाँचो पर्न थाल्यो । स्वास्थ्य स्थिति नाजुक बन्दैगयो । उहाँलाई परेको आर्थिक संकटको अवस्था जानकारी भएकोले एवेनेजर ट्रष्टले पनि मानवीय रुपमा केही आर्थिक सहायता पुर्‍याउन निश्चय गर्‍यो र उहाँलाई मितिः २०८० असोज र २०८० माघमा गरी उपचारार्थ दूई पटक सहायता प्रदान गर्‍यो ।

दुःखद कुरा उपचारले काम गर्न छाडेपछि त्यही रोगले हालैमा उहाँको मृत्यु भयो ।

किस्न बहादुर (यूहन्ना) मौरतीः
किस्न बहादुर (यूहन्ना) मौरती जिल्ला लमजुङ तिलहार स्थायी ठेगाना भएका र लामो समयदेखि ललितपुर जिल्लाको कुपण्डोल बसोबास गर्ने एक गोडा नभएका अपांगता भएका ब्यक्ति हुनुहुन्थ्यो । उहाँका दूईगोडामध्ये एउटामा क्यान्सर लागेको कारण काटेर फाल्नुपरेको थियो । दुःखसुःखमा जीवनयापन गर्दागर्दै अचानक उहाँकी श्रीमति गम्भिर रुपमा अस्वस्थ हुनगई स्वास्थ्य उपचार गर्दागर्दै देहान्त भयो । तत्पश्चात् उहाँ पनि असक्त हुँदै जानुभयो । निकै वर्ष विस्ताराबाट उठ्नै नसक्ने र अरुकै सहारामा कोपारामै दिसापीसाब गर्नुपर्ने अवस्थाबाट गुज्रनुभयो । उच्चरक्तचाप र मधुमेयको समस्याले सताएर औषधि सेवन गरिरहँदा पनि कम नभएर बेहोसको अवस्थामा पुग्नुभयो ।

लामो समय ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बेहोसकै अवस्थामा आइ.सी.यू.मा रहनुभयो । अस्पतालले उहाँको स्वास्थ्यमा सुधार हुननसक्ने र जीवन रहन पनि नसक्ने देखी मायाँ मारेर घर लैजान भन्यो । उहँको अवस्था देख्दा एकैछिण पनि बाँच्न नसक्ने स्थितिको देखिन्थ्यो । भाडाको घर ज्यादै पुरानो र ज्यादै साँघुरो भएकोले कठीन पर्ने देखेर छोटो समयको लागि भनेर थानकोट स्थित हस्पिस केन्द्रमा राखिएको थियो । तर लामै समय सोही अवस्थामा गुज्रनसक्ने देखी निजकै डेराको घरमा लैजान भन्यो ।

उहाँको परिवारको आर्थिक स्थिति नाजूक भएका्े र त्यसमाथि उहाँको उपचार गर्दाखेरि कठीन अवस्था भएकोले उपचारमा सहायता पुर्‍याउन एवेनेजर ट्रष्टले पनि मानवीय सेवाको भावनाले जति सकिन्छ आर्थिक सहायता प्रदान गर्नुपर्ने निश्चय गरी केही आर्थिक सहायता प्रदान गर्‍यो । तर हालमा उहाँको अवस्था अति नाजुक बन्दै गएर अन्तमा रहनुभएन अर्थात् दुखःद पक्ष उहाँको देहान्त भयो ।

मंगली मायाँ मानन्धर:
जिल्ला रामेछापको रुपाकोट स्थायी ठेगाना भई हाल काभ्रेपलाञ्चोक जिल्लाको पनौती हाईटमा परिवारको साथ बसोबास गर्नुहुने मंगली मायाँ मानन्धरको दूइटा गोडामध्ये एउटामा घुँडाको जोर्नी र नसामा ठूलो स्वास्थ्य सम्बन्धी समस्या आइपरेपछि उपचारको क्रममा काटेर फाल्नुपर्ने स्थिति आयो र फालियो । अहिले उहाँ बैसाखीको भरमा उभिनुहुन्छ तर हिँडडुल गर्न त अरुकै सहाराको आवश्यक पर्दछ । उहाँको श्रीमान ट्रक चलाएर घरको जिविका जुटाउनुहुन्छ । परिवार आर्थिक रुपमा कमजोर रहेको र निजले औषधि सेवन गरिराख्नुपर्ने र बेलाबखत आर्थिक संकट परिराख्ने हुँदा निजलाई आर्थिक सहायताको खाँचो परेको देख्दा एवेनेजर ट्रष्टले मानवीय सहायता उपलब्ध गराउन मनासिब देखेर आर्थिक नगद सहायता प्रदान गरियो ।

सफल लामाः
जिल्ला लमजुङ बेसीशहर नगरपालिका निवासी सफल लामा मृगौला खराब भई स्वास्थ्य अवस्थामा ज्यादै असक्त भएकोले चिकित्सकको सल्लाह बमोजिम सो अङ्ग प्रत्यारोपण गर्नुपर्ने आवश्यकता भएको हुँदा उनी सोको पर्खाइमा रहेका थिए । यसरी मानव अङ्ग प्रत्यारोपण गरिने कार्यमा आर्थिक अभावका कारण सहायताको अनुरोध भएकोले निजको उक्त माग मनासिव देखिएको हुँदा एवेनेजर ट्रष्टले मितिः २०८० साल माघ महिनामा निज सफल लामालाई मानवीय आर्थिक सहयोग प्रदान गर्‍यो ।

हरीमायाँ मगर:
हरीमायाँ मगर जिल्ला भक्तपुर जगातेमा बसोबास गर्नुहुने तर पाइल्सको स्वास्थ्य खराबीले क्यान्सर भई स्वास्थ्योपचार गर्दागर्दै पनि सुधार हुननसकी लामो समयदेखि बिस्तारामा पर्नुभयो । सौचगर्न जान नसक्ने, सुतेको ठाउँमा कोल्टो फेर्न समेत नसक्ने, धेरै वर्षसम्म बिस्तारामा सुतेकोसुत्यै हुँदा बिस्तारापट्टिको शरीरको भागहरुमा घाउ बनेर सुत्नै पनि नसक्ने अवस्थाबाट गुज्रनुभएको थियो । रोगको पीडाले निकै नै सकस भोग्नुपरिरहेको थियो ।

परिवारजनले उहाँको स्वास्थ्य उपचार र हेरचाहमा पूरा ध्यान दिने प्रयास गरिरहेकै भएतापनि निजको लागि त्यो ज्यादै पीडादायक दीर्घरोग बनेकोले हालत कष्टपूणर् थियो । निजकै खातिर आर्थिक भार परेकोले परिवार पनि आर्थिक रुपमा संकटमा थियो । औषधि सेवन गर्न केही सहायता पुग्नसकोस् भनेर एवेनेजर ट्रष्टले मानवीय रुपमा मितिः २०८० माघमा मानवीय आर्थिक सहायता प्रदान गर्‍यो ।

तर दुःखको कुरा त्यसै स्वास्थ्य जटिलताको कारण निजको मृत्यु भयो ।

छवी कामीः
छवी कामी जिल्ला जुम्लाको पातारासी —२ स्थायी ठेगाना भएका ब्यक्ति हुन् । उनी जन्मजात् प्राकृतिक रुपमै अल्लि असक्त र अति कमजोर दृष्टि शक्ति भएको ब्यक्ति छन् । देख्दैमा मानवीय रुपमा सहायता पुर्‍याइनुपर्ने अवस्थाका हुन् । सेतो छडीको सहारामा हिँड्डुल गर्नुपरेको छ । जिविकाको निमित्त पुरैरुपमा परनिर्भर गर्नुपर्ने नभएतापनि सबल ब्यक्ति चाहीँ होईनन् ।

यसैता उनीे प्राकृतिक रुपमा कमजोर देखिन्छन् नै त्यसमाथि उनको भौगोलिक क्षेत्र अति विकट(दूर्गम) क्षेत्र पनि हो । उनी त्यहाँको सामाजिक परिवेशमा अति बिपन्न वा गरीबिको छायाँमा परेकाहरुमध्येमा पर्ने समुदाय मध्येका हुन् । उनका दाईहरु जो अल्लि गरिखान सक्ने छन् उनीहरुले उनलाई उमेर पुगेको र घरजम भएकोले आफ्नो ब्यवस्था गर्न उनी आफैलाई छोडिदिए । शीर ओत्ने छानो छैन, घरछाप्रो निर्माण गर्नुपर्ने छ, आर्थिक स्थिति सक्षम छैन । आकास छेक्न ओत निर्माण गर्नका लागि सहायताको खोजिमा लागे । सहायता गरिपाऊँ भनी निजले यस ट्रष्टमा अनुरोध गरेकाले निजको माग मनासिब देखी सो उद्देश्यमा ट्रष्टले मितिः २०८० श्रावणमा मानवीय आर्थिक सहायता प्रदान गर्‍यो ।

मृतक पूर्णी मायाँ मगरका टुहुरा चार बालबालिकाहरुलाईः
जिल्ला नुवाकोटको विकट गाउँ फिर्केपकोटकी पूणर्िमायाँ मगर गाउँघरमा भारापर्मा र जिउनको लागि अर्काको मेलापात गर्नुपर्ने हुन्थ्यो । त्यही क्रममा एकदिन पल्लो गाउँलेको काममा जाँदा भीरबाट लडेर मरणासन्न हुनुभएछ । बेहोस अवस्था, अनुहार र शरीरमा चोटैचोटले भरिएको थियो । काठमाण्डौंमा ल्याई एक अस्पतालमा उपचार गराउँदा लामो समय लागेको थियो । स्वास्थ्यमा केही सुधार भएपछि डिस्चार्ज भई गाउँको घरमा लगिएको थियो । तर चिकित्सकको सल्लाह अनुसार समय समयमा फलोअप गरिनुपर्ने थियो । विकट गाउँको परिवारको आर्थिक अवस्था नाजुक भएकोले स्वास्थ्योपचारको लागि खर्च जुटाउन नसक्ने स्थिति थियो । दैनिक औषधि सेवन गर्नुपर्ने तर आर्थिक अभावमा सो सम्भव भएन ।

आर्थिक कठीनाइकै कारण उहाँको श्रीमान घरमा बिरामी श्रीमति र चारजना स-साना छोराछोरीहरुलाई छाडेर आय आर्जनको लागि भनेर मजदुरी गर्न कुवेत गए । श्रीमतिलाई परिवार पालनको भार पनि थपियो । उसैत अस्वस्थताले असक्त, औषधि खानपाएको छैन र आर्थिक दुःख त्यसमाथि बालबच्चाहरुको जिम्मेवारी पनि भयो ।

श्रीमान उडेको केही दिनमै उहाँलाई चाप्यो र सकिनसकि काठमाण्डौं नारायणटारमा आफन्तकहाँ पुग्नुभयो । आफन्तको सहायतामा भोलिपल्ट वीर अस्पताल पुग्नुभयो । अस्पतालले भन्योः भर्ना हुनुपर्छ र तुरुन्त तपाईको अप्रेसन गरेर टाउकोमा जमेको रगत र पानी निकाल्नुपर्छ । सोही दिन भर्ना पनि हुनुभयो । भरखरमात्र विदेश पुगेका श्रीमान र केही आफन्तजनहरुलाई फोनबाट परिस्थितिको जानकारी गराइयो । त्यो रातभरिमा उहाँको अवस्था झन् खस्किँदै गयो र भोलिपल्ट विहानसम्म अवस्था चिन्ताजनक हुनपुग्यो । दिनको मध्यान्न हुन नपाउँदै प्राणपखेरुले देहत्याग गर्‍यो ।

निज पूणर्िमायाँ मगरको हाल-अवस्थाको बारेमा राम्ररी जानकारी प्राप्त भएका यस एवेनेजर ट्रष्टका अध्यक्ष माध्यमबाट सो विषयमा
जानकारी प्राप्त भएपछि तत्काल एक मनकारी ब्यक्तिबाट मृतकका टुहुरा चारजना नाबालक-नाबालिकाहरुलाई ब्यक्तिगत रुपमा
आर्थिक सहायता उपलब्ध गराउनुको साथै एवेनेजर ट्रष्टले निजहरुलाई मानवीय सहायता गरिनुपर्ने देखी मितिः २०८० माघमा केही
आर्थिक सहायता प्रदान गर्‍यो ।

बिमायाँ तामाङः
बिमायाँ तामाङ जिल्ला ओखलढुङ्गा स्थायी ठेगाना भई मकवानपुर जिल्लाको हेटौँडामा उहाँको श्रीमानको साथमा डेरामा बसोबास गर्नुहुन्छ । उहाँलाई पाइल्स भई जटिल अवस्थामा पुगेकोले चिकित्सकको सल्लाह अनुसार अप्रेशन गराउनुपर्ने भएको तर निजको पारिवारिक आर्थिक अवस्था कमजोर भएको देखी अप्रेशनका लागि काठमाण्डौंमा आएका बखत उपचार खर्चको लागि एवेनेजर ट्रष्टबाट मितिः २०८० श्रावण महिनामा मानवीय रुपमा केही आर्थिक सहायता प्रदान गरियो ।

कृष्ण बहादुर थापा:
जिल्ला कैलाली ठेगाना भई काठमाण्डौंको नारायणटारमा परिवारका साथ बसी परिवारको जिविकाको लागि ज्यालामजदुरी गर्ने कृष्ण बहादुर थापालाई निजको दुबै हातका कूमहरुमा स्वास्थ्य खराबी आएर हातहरु चलाउन कठीन भई काम गर्न असक्त भएकोले ज्याला मजदुरी गर्न नसक्ने अवस्थामा भएका कारण आर्थिक संकटमा भएको अवस्थाको जानकारी भयो । त्यसकारण परिवारको दैनिक गुजारा गर्न र छोराछोरीको पढाईलेखाई गर्नमा लाग्ने कापी कलम किन्न समेत संकट भई कठीन भएकोले निजलाई मितिः २०८० माघमा यस एवेनेजर ट्रष्टबाट मानवीय आर्थिक सहायता प्रदान गरियो ।

मायाँ खड्काका मानसिक रोगले पीडित छोरा र छोरी:
नुवाकोट जिल्लाको गनखार स्थित स्थायी बसोबास हुनुभएको एकल महिला मायाँ खड्काका छोराछोरीहरुमध्ये एक छोरी र एक छोरा बचपनदेखि अहिलेको दिनसम्म लामो समयसम्म मानसिक रोगले ग्रसित भएका छन् । उमेरका हिसाबले विवाह गरी घरगृहस्थ सम्हाल्ने उमेर पुगेका भएपनि मानसिक रुपमा रोगी भएकाले तिनीहरुको लालनपालन आमा मायाँ खड्का एक्लैले नै गरिराख्नुपरेको छ ।

केही वर्ष अगाडी उहाँका श्रीमानको देह अवसान भयो । आर्थिक रुपमा कमजोर रहेका सो परिवारमा उहाँका श्रीमान घरखर्चको लागि आवश्यक पैसा जुटाउन काठमाण्डौंमा साहू ब्यापारीका भारी उठाउने, बोक्ने काम गर्नुहुन्थ्यो । उच्च रक्तचापको प्रहारले एक्कासी ढल्नुभएको उहाँ त्यसपछि कहिल्यै उठ्नुभएन । यसरी एकल महिला बन्नुभएकी मायाँ खड्का एक्लैले परिवारको सम्पूणर् जिम्मेवारीको भार बोक्न परिराखेको छ । ती छोराछोरीलाई लिएर पटकपटक काठमाण्डौं शहरको मानसिक अस्पतालमा धाउनु र औषधिको ब्यवस्था गरिराख्न पनि उहाँजस्तो आर्थिक रुपमा बिपन्न भएको एकल महिलालाई निकै नै गाह्रो छ ।

उहाँको यस अवस्था राम्ररी जानकारी भएकोले ऐवेनेजर ट्रष्टले एकल महिला मायाँ खड्काका ती छोराछोरीलाई आषधि सेवनको निमित्त सहायता पुगोस् भनी मितिः २०८० माघ महिनामा मानवीय आर्थिक सहायता प्रदान गर्‍यो ।

कृष्ण बहादुर तामाङ:
कृष्ण बहादुर तामाङ नुवाकोट जिल्लाको गेरगाउँमा बस्ने जन्मैदेखिको दृष्टि बिहिन ब्यक्ति हुनुहुन्छ । आर्थिक रुपमा उहाँका परिवार सबल नभएको र उनी एक उमेरदार भएरपनि एक दृष्टि बिहिन हुनुको कारणले नित्तान्त अरुको सहारा र सहयोग बिना जिउन कठीन कुरा हो । उहाँको अवस्था देखेर मानवीय दृष्टिकोणले उहाँलाई मानवीय सहायता पुग्नसकोस् भनी यस एवेनेजर ट्रष्टले नुवाकोट जिल्ला गेरगाउँ निवासी कृष्ण बहादुर तामाङलाई मितिः २०८० माघमा आर्थिक सहायता प्रदान गर्‍यो ।

लिला बहादुर चौलागाई:
लिला बहादुर चौलागाईं साविकमा काठमाण्डौं महानगरपालिकाको जडिबुटी नजिक नरेफाँटमा घरबास सहित बसोबास गर्नुहुन्थ्यो । उहाँको छोराले दिनहुँ मदिरा सेवन गर्ने, कामकाज केही नगर्ने अनि बाआमासित लौ पैसा लेऊ भनी सताउने गथ्र्यो । छोरा आफु चाहीँ दूई पैसा उपार्जन नगर्ने तर उनका श्रीमति र बालबच्चा बाआमाले नै पालिदिनुपर्ने बोझ बृद्धबृद्धा बाआमा माथि पर्‍यो । भएको घर र किराना पसल बेचेर भाग लगाई छोरालाई दिनुभयो । आफ्ना भागमा पाएको केही रकम लिएर लिला बहादुर चौलागाईले सस्तो ठाउँमा सानो घडेरी टुक्रा लिने, अलिकति फाइदा आउँदा बेच्ने त कहिले सानो घर निर्माण गरेर बेच्ने गर्नुहुन्थ्यो । त्यसमा पनि छोरा आएर अनेक बहाना बनाउँथ्यो कि त धम्कि दिएर फेरी पैसा फुत्काएर लग्थ्यो । आएको थोरै फाइदाबाट दूइ बुढाबुढीको दैनिक गर्जो टार्नुहुन्थ्यो । अन्तिममा उहँाँको घर रहेन अब ।

केहीवर्ष पश्चात् उहाँ हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभयो । केही रकम बैंक खातामा राख्नुभएको थियो, नाति आयो र भन्यो
हजुरबा मेरो केही छैन, बुबाले केही दिनुभएन । हजुरबाकहाँ जा र मेरो अंश दिनुहोस् भनेर माग भन्नुभयो, मलाई पैसा दिनुहोस्
। उसले पनि बुबाकै पाराले लग्यो । मोटरसाईकल दूर्घटनामा त्यो नातिको ज्यान गयो ।

त्यतिखेर लिला बहादुर चौलागाई चौरासी वर्ष पुगिसक्नुभएको थियो । उहाँलाई दमले च्याप्न थाल्यो, उच्च रक्तचाप पनि, हातगोडामा
तागत छैन, उभिएर पाइला चाल्नै नसक्ने अवस्था भयो । कोठा भाडामा बस्नुहुन्थ्यो, डेरा भाडा तिरिदिने कसले ? उपचार गर्न
पैसा छैन, बिरामीले जाउलो खानपाउन पनि धौ धौ भयो । असी वर्ष काटेकी श्रीमति, उहाँ पनि दमले श्वासफेर्न गाह्रो, त्यसमाथि
उच्चरक्तचाप र मधुमेयले अवस्था खराब बन्यो । छोरा भन्ने चाहीँ फर्केर आउँदैन । त्यो हाल अवस्थाको बारेमा जानकारी बोध
भएकोले एवेनेजर ट्रष्टले औषधि सेवनको लागि मानवीय सहायता हेतु लिला बहादुर चौलागाईंलाई मितिः २०८० मंसिरमा केही
आर्थिक सहायता प्रदान गर्‍यो ।

बयोबृद्ध अवस्थामा उच्चरक्तचाप, दम र मधुमेयको नियमित औषधि सेवन गर्दागर्दै पनि औषधिले काम गर्न छाड्दै गएको अनि
झाडावान्ता र ज्वरोले गलित अवस्थामा पुग्नुभएको थियो । अक्सिजनको भरमा श्वासप्रश्वास चलेको थियो । परन्तु, दुःखद कुरा
उहाँका आत्माले पार्थिव शरीरलाई त्याग गर्‍यो ।

सविता घिमिरे:
सविता घिमिरे सर्लाही जिल्लाको हरिऔन स्थायी ठेगाना भई भक्तपुर जिल्लाको दुवाकोट क्षेत्रमा परिवार सहित बस्नुहुन्छ । उहाँ लामो समयदेखि लुफस नामको रोगबाट ग्रसित हुनुहुन्छ । मुखमा घाऊ आउने, घाउको प्रभावित क्षत्रमा छाला जाने र कपाल झर्ने समस्याले पीडित हुनुहुन्छ । औषधि सेवन गर्दा औषधिको असरले मेरुदण्ड दुख्ने आदि समस्याहरुले सताएको छ । उहाँको श्रीमानले ज्याला मजदुरी गरेर परिवारको जिविका चलाउनुहुन्थ्यो तर निर्माणको कार्यमा मजदुरीमा खटिँदा दूर्घटना भई लागेको चोटले एउटा गोडा राम्रोसित नचल्ने भएकोले भरपर्दो रुपमा काम गर्न नसक्ने अवस्थाको हुनुहुन्छ । काम नपाउँदा आर्थिक समस्याले श्रीमतिको नियमित औषधी उपचार गर्न नसक्ने कठीनाई भएको विषयमा राम्रो जानकारी भएकोले एवेनेजर ट्रष्टले सविता घिमिरेलाई औषधि सेवन गर्न मानवीय सहायता पुर्‍याउनुपर्ने आवश्यक ठानी सो उद्देश्यले मितिः २०८१ भाद्र महिनामा आर्थिक सहायता प्रदान गर्‍यो ।

सन्तोष थिङ:
सन्तोष थिङ मकवानपुर जिल्लाको चिउरी बगैँचामा स-परिवार बसोबास गर्नुहुन्छ । ज्याला मजदुरी गरी आजिविका गर्ने निम्न आर्थिक स्तरको परिवार हो । मधुमेयको रोगले पक्रेपछि मजदुरीमा कामगर्ने क्रममा धातुको छडले दाहिने गोडाको पञ्जाको तल पैतलामा चोट पुर्‍याएछ । त्यसको असरले गोडामा ठूलो दख्खल पुर्‍यायो । हेटौँडामा कुनै एक ºिनिकमा उपचार गराइयो तर रोगको पहिचान नभएको र सही उपचार नपाएर समय र पैसाको मात्र बर्बाद हुनगयो । बेलैमा आवश्यक उपचार हुनपाएन । पछि चितवनको भरतपुरमा अप्रेसन गरियो र गोडाको औँला काटिए । तर पहिल्यै त्यसको असर पैतला माथिसम्म फैलिइसकेको हुँदा त्यस उपचारबाट केही सुधार भएन झन् झन् दुःखाई पो बढ्नथाल्यो ।

निजलाई पीडा र दर्दले असैह्य हुनथालेपछि काठमाण्डौं स्थित शिक्षण अस्पतालमा आएर जचाउँनुभयो । सम्बन्धित विषय चिकित्सकको सल्लाह छिटो भन्दा छिटो प्रभावित ठाउँभन्दा माथि अप्रेसनद्वारा काटेर फाल्नुपर्ने जरुरी हुन्छ, अस्पताल भर्ना भई अप्रेसनको लागि तयारीमा लाग्न सुझाइयो ।

पीडा भएको लामो समय भयो, उपचार नगरी भाछैन तर पैसा पहिल्यै नै सकियो, अब कसरी गर्ने भन्ने चिन्तामा उहाँहरु पर्नुभयो । जसोतसो अप्रेसनको लागि अगाडी बढ्नुभयो । अस्पतालले सम्वेदनशीलतालाई बुझेकाले अप्रेसन सम्पन्न गरायो । उहाँको परिवारको आर्थिक स्थिति नाजुक रहेको बारेमा अवगत भएकोले एवेनेजर ट्रष्टले पनि जति सम्भव हुन्छ मानवीय सेवाको धेयले मितिः २०८१ भाद्र महिनामा केही आर्थिक सहायता प्रदान गर्‍यो ।

गणेश बहादुर तामाङलाईः
गणेश बहादुर तामाङ जिल्ला ओखलढुङ्गा स्थायी ठेगाना भई मकवानपुर जिल्लाको हेटौँडामा श्रीमतिको साथमा डेरामा बसोबास गर्नुहुन्छ । उहाँ यस एवेनेजर ट्रष्ट स्थापना गर्नमा सहभागी फाउण्डर तथा सञ्चालन बोर्डका सदस्यमध्येमा एक पनि हुनुहुन्छ । साह्रै दुःखमा परेकाहरुलाई राहात स्वरुप सहायता उपलब्ध गराउने पवित्र कार्यमा हातेमालो गर्न प्रयास गर्ने भन्ने मानवीय सेवाको उद्देश्य आत्मासाथ गरेको ब्यक्ति उहाँ स्वयम् केही वर्षहरु अगाडीदेखि उहाँलाई विभिन्न स्वास्थ्य समस्याहरु आउनथालेपछि उपचारको खोजिमा लाग्न थाल्नुभयो । एकपछि अर्को समस्या देखापर्न थाले । पछि दाहिनेपट्टीको गालामा मासुको पोका उठ्ने र दुखाई बढ्ने हुनथाल्यो । घाँटीदेखि पेटभित्रसम्मै दुखाई हुनथाल्यो । समस्याको पहिचान गर्न परीक्षणहरु गर्नको लागि काठमाण्डाँैं आउनुपर्‍यो ।

सिभिल हस्पिटल हुँदै ललितपुर जिल्लाको बाँडेगाउँ स्थित अर्बूदरोग उपचार अस्पतालसम्म पुगेर डाक्टरका सल्लाह मुताबिक परीक्षणहरु गर्दैजाँदा अर्बूद (क्यान्सर)को समस्या भएको यकिन भएकोले चिकित्सकको सल्लाह अनुसार अप्रेशन गराउनुपर्ने भएको तर यस अघिको उपचारका क्रममा धेरै खर्च भएर निजको पारिवारिक आर्थिक अवस्था कमजोर भएको हुँदा अप्रेशनका बखत उपचार खर्चको लागि एवेनेजर ट्रष्टबाट मानवीय उपकार हेतु मितिः २०८१ पौष महिनामा निजलाई केही आर्थिक सहायता प्रदान गरियो । जसबाट बेलैमा अप्रेशन उपचार भई निजलाई स्वास्थ्यलाभ पनि भयो ।

विवेक(उपदेश) खड्का लाईः
विवेक(उपदेश) खड्का नुवाकोट जिल्लाको गनखार स्थित स्थायी बसोबास हुनुभएको एकल महिला मायाँ खड्काका छोराछोरीहरुमध्ये एक जेठो चाहीँ छोरा हुन् । मायाँ खड्काको घरको अवस्था साह्रै बिपन्न भएको अनि उहाँका अर्का एकजना छोरा र एकजना छोरीको मानसिक अवस्था बचपनदेखि अहिलेसम्म लामो समयसम्म मानसिक रोगले ग्रसित भएका छन् । ती दूई बाहेकै यो छोरो पनि मानसिक रुपले उस्तै ग्रस्त तेस्रो बनेका छन् । उमेरका हिसाबले घरगृहस्थ सम्हाल्ने हुनुपर्नेमा मानसिक रुपमा रोगी भएकाले आमा मायाँ खड्कालाई ज्यादै कठीन परिराखेको छ ।

केही वर्ष अगाडी नै श्रीमान गुमाइसकेकी र आर्थिक रुपमा कमजोर रहेको सो परिवारमा घरखर्चको लागि पनि धौ–धौ छ, त्यसमाथि छोराछोरीका अवस्था यस्तो भएपछि एकल महिला बन्नुभएकी मायाँ खड्का एक्लैले परिवारमा परिआएको चुनौतीसंग लड्नुपरिराखेको छ । ती छोराछोरीहरुलाई एकपछि अर्को गरी वर्षौंसम्म काठमाण्डौंको मानसिक अस्पतालमा धाउनु र औषधिको ब्यवस्था गरिराख्न पनि उहाँजस्तो आर्थिक रुपमा बिपन्न भएको एकल महिलालाई असम्भव नै छ ।

उहाँको यस्तो दुःखदायी अवस्था देखेर ऐवेनेजर ट्रष्टले एकल महिला मायाँ खड्काका ती छोराछोरीलाई आषधि सेवनको निमित्त सहायता पुर्‍याउन फेरी पनि जमर्को गरेको छ । मितिः २०८१ माघ महिनामा ललितपुर जिल्लाको लगनखेलस्थित मानसिक अस्पतालमा भर्ना गरिएका विवेक(उपदेश) खड्काको उपचारमा औषधि सेवनका लागि मानवीय सहायता स्वरुप केही आर्थिक सहायता प्रदान गर्‍यो ।